रगत सम्बन्धी काम गर्ने स्वय‌मसेवककाे अनुभव

रक्तदान सम्बन्धी ज-जसले Volunteering गर्नुहुन्छ, उहाँको जिवनमा मिल्ने काहानी हो यो । यस क्षेत्रमा हुने गरेको गतिविधिलाई Blood For Nepal ले उतार्न खोजेको छ ।
सबैले पढ्नुहोला । धेरै कुरा मनन गर्नुहुनेछ ।।

एक डेढ घण्टा अघि पाकेको खाना थालमा पस्किएर खान मात्र के आटेका हुन्छौ । फेरी टिङ टिङ टिङ मोबाइलको घन्टी बज्छ ‌। हतार हतार फोन उठाउछौँ ।

-ए दाई, दाई भर्खरै काठमाडौंमा दुर्घटना भयो । ब्लड बैंकमा‌ नि ब्लड छैन रे । कतै पाइएन ।  हेल्प गरिदिनु न पिल्ज ।।

– सर भोलि चितवन क्यान्सर अस्पतालमा अप्रेसन छ । धेरै पछि पालो पाएका छौ । तर रगत नै पाइएन ‌। के गर्ने दाई ।‌

– सर धरानमा डेङ्गु लागेर बिरामीको अवस्था साह्रै नाजुक छ ।‌ पेटलेट चाहिँदो रहेछ ‌। खोजि दिनुहोस् न । हामीले कोहि पाएनौ, चिनेका पनि छैनौ यता।

-दाई दाई‌ मेरो दिदि गर्भवती हुनुहुन्छ। उहाँलाई बेथा लागि सकेको छ । ‘अो नेगेटिभ’ रगत जति खोजे पनि कतै पाइएन ‌। कृपया केहि गरि सहयोग गरिदिनु न ‌। तपाईंहरु ले भने पछि पाइन्छ रे ‌। पिल्ज ज्यान बचाइदिनुहोस् दाइ पिल्ज। 

यस्ता फोन दिनहुँ कयौं पटक आउछ । हतार हतार सबै तिर फरवार्ड गर्यो । यता खबर गर्यो उता गर्यो ‌। अधेरी रातमा डराइ डराइ रक्तदातालाई फोन गर्यो । बिरामीका आफन्तले नि कल गरेर सोधिरहनु हुन्छ । कहिले काँही त ३०/४० जनालाई कल गर्दा जम्मा १ जना बल्ल तल्ल रक्तदाता पाइन्छ । धेरै अनुरोध गरेर दातालाई राजि बनाउनु पर्छ कहिले त। र अन्तिममा बिरामीको आफन्तलाई ‌कल गरेर रक्तदाताको ’boutमा जानकारी ‌गरायो ।‌ ‘बल्ल ढुक्क भइयो’ आफैसँग बोल्यो । मन हल्का हुन्छ ।
अोहो ! खाना त खाएकै पो रै’नछु । झल्यास् भइन्छ । ला ! खाना त चिउरा पो भइसकेछ । केहि छैन, यता चिउरा खाएरै पनि उता जिवन त बचाइयो नि आफैसँग गर्व गर्यो र मन बुझायो ‌। यसो ततायो खायो अनि खाटमा पल्टियो ।
घण्टामा १० चोटि फोन गर्ने आफन्तजनले रक्तदाता पाएपछि चटक्कै माया मार्नु हुन्छ । अत्तोपत्तो हुदैन । रक्तदाताले रक्तदान गर्नुभयो कि भएन केहि थाहा हुदैन । केस अर्को आइसकेको हुन्छ ‌। फोन गरिराख्न मोबाइलको ब्यालेन्सले रोकिदिन्छ । नरोकोस् पनि त कसरी! बुबा आमा खाजा खान दिनुभएको पैसा जोगाएर गरेको रिचार्जले धेरै कल गर्न कहाँ पुग्छ र ! फेरी राती पसल बन्द भइसकेको पनि ‌हुन्छन् नि ।

न त जागिर न त केहि फाइदा। आफ्नै बगलीबाट पैसा सक्यो । दु:ख गरेर रक्तदाता दियो । जानकारी कोहि गर्दैनन् । फोन गर्दा नि कल ब्याक आउदैन । “दाई तपाइँले दिनु भएको मान्छे आएर रक्तदान गर्नुभयो है” मात्र भन्दिए पनि के जान्छ र ? त्यति मात्र भने नि डाटा अपटेड गर्न त पाइन्छ । फेरी तिन महिना पछि रक्तदातालाई कल गरेर अरुको जिवन बचाइ दिनुहोस् भन्न त पाइन्छ । बारम्बार कल गरेर रक्तदातालाई डिस्टर्ब पनि कति गर्नु ‌।‌

अाक्रोश पनि आउँछ । अझ आफुले भोगेपछि आफ्नो रगत पनि दान गर्नु नि । अरूको जिवन पनि त बाँच्छ । मतलव गर्दैनन् । स्वार्थीहरू । मनमनै रिस उठ्छ । तर अस्ति त एक जना दाईले “भाई जिवन बचाइदियौ । धेरै धेरै धन्यवाद है तिमी,Blood For Nepal परिवारलाई र अरू संस्थालाई । जिवन भरि सम्झन्छु तिमीहरुको गुनलाई ‌।” पनि त भन्नु भएको थियो क्यारे । १०० मा ३/४ जना दाईले फोन गरेर जानकारी ‌ दिनुहुन्छ त । किन चिन्ता गर्छस् तँ । उहाँहरू जस्ताको लागि भएनि सेवा गर्न छोड्नु त भएन नि ।

आफैले आफैलाई सम्झायो । अबुझ र स्वार्थी छन् धेरै ‌।‌बुझेर‌ नि बुझ पचाउने त कति छन् कति‌ । तर केहि छैन, समय आउँछ नि बिस्तारै ।  मनमा अनेक कुरा खेलाउँदा खेलाउदै कति बेला निन्द्रा देबिको काखमा लुटपुटु भएको पत्तै पाइदैन । र यसै गरी बित्दैछन् यस क्षेत्रमा सेवा गर्ने स्वयंसेवकहरुको दैनिकी ।।

नोट: रक्तदान गर्नु स्वास्थ्यको लागि धेरै फाइदाजनक कार्य हो । यसले मानिसलाई स्वस्थ बनाउँछ , साथै जिवनरक्षा पनि गर्दछ । साथै यस क्षेत्रमा लागेका स्वयंसेवकलाई राम्रो व्यवहार गरौ । आफुलाई रगत चाहिँदा मात्र नभइ र अरूलाई चाहिँदा पनि सहयोग गरौ । यदि समाजसेवा गर्न चाहानुहुन्छ भने हामीसगँ जोडिन सक्नु हुनेछ।।
धन्यवाद !!
“रक्तदान जिवनदान”
जनचेतनाका लागि: ब्लड फर नेपाल

© 2024 Blood For Nepal. All rights reserved