Success Story about Blood Case

९ महिना अगाडि नै गर्भवती हुदै हुनुहुन्छ भने थाहा पाएर पनि किन अस्पतालको शैयामा सुत्केरी बसेपछि मात्र रगतको लागि तड्पिन्छौं हामी ?

•रक्तदाताको पुर्व तयारी गर्नुलाई नराम्रो दृष्टिकोणले कहिले सम्म हेर्ने ?

• विभिन्न तयारी गर्न सक्छौ भने रक्तदाताको पुर्व तयारी गर्न किन सक्दैनौ ?

#फर्केर ‌हेर्दा
केहि समय अगाडी टिचिंग अस्पतालबाट Blood For Nepal टिमलाई फाेन आयो - गर्भवती महिला (जुनुपुन मगर) को शरीरमा Platlates को मात्रा एकदमै कम छ , Blood formation भएको छैन , जति Blood दिएता पनि उहाँको स्वास्थ्य सुधार भएको छैन । Platlates को कमीले उहाँलाई र बच्चालाई धेरै गाह्रो हुन सक्छ । केस अलि Critical छ ।२/३ जना Platlates Donor को धेरै खाँचो छ ‌ । हजुरहरुले केहि सहयोग गर्न सक्नुहुन्छ ??

जब उहाँहरूको कुरा सुनियो BFN Team नै अल्मलमा पर्यो । ग्रामीण भेगबाट आउनुभएका गर्भवती महिला र उहाँका श्रीमानलाई यसबारे केहि जानकारी रहेन्छ । अस्पतालमा भर्ना भए देखि रक्तदाता खोज्न अनुरोध गर्दा पनि उहाँबाट केहि पहल हुन सकेन छ । केहि Donor donate गर्न अस्पताल पुगे पनि प्रकृया सुनेर फर्किनुभएछ ।
यो सुनेर हामीले केसलाई अझ गम्भीरता पूर्वक हेर्यो ।

Platlates Donation , Blood donation जस्तै भएतापनि २ घण्टा समय लाग्ने गर्दछ । सायद समय अवधि सुनेर नै धेरै जनाले Donate गर्न हिचकिचाउनु भएको होला । केस हेरिराख्नु भएका डा. हिमा रिजाललाई ‌हामीले १००% + सहयोग गर्न प्रतिबद्धता व्यक्त गर्यौ । यद्यपि Donor खोज्ने चुनौती हामी माझ यथावत् नै थियो ।

Post बनाएर सञ्जालमा राख्यौ ‌ र हामीसगँ भएका डाटाहरु हेरेर कल गर्न लाग्यो । अस्पतालबाट पनि फोन आइरहेको थियो । बिरामीको आफन्तसँग कुराकानी भएकै थिएन ‌। डाक्टर र हामी निरन्तर सम्वादमा थियौ ।

धेरै जनालाई कल गर्यौ। कतिले प्रकृया सुनेर ‌हिचकिचाउनु भयो । कल गर्ने क्रममा हामीले जिवन लामा जिलाई भेट्यौ ‌। उहाँलाई हामीले सम्पुर्ण प्रकृया वतायौ , Facebook मा‌ connect भएर Platlates donation सम्बन्धि Video हरू पठायौ । उहाँको पनि प्रश्न थियो " Normal Procedure नै हो नि ? धेरै कुरा बुझेपछि र डाक्टर अञ्जन जिसँगको कुराकानी पछि उहाँले Okay I am ready भन्नुभयो । परेको खण्डमा अफिसमा बिदा लिन तयार छु भन्ने वाचा पनि गराउनु भयो । ढुक्कको सास फेर्यौ ‌।

Critical केस भएकाले हामीलाई Platlates donor अझै खोज्नु त थियो नै तर Delivery timeमा Bleeding भएर Blood पनि चाहिन सक्ला भनेर हामीले Platelates साथै Blood Donor खोज्न पनि लाग्यौ ।

कल गर्ने क्रममा हामीले सुनील महर्जन जिलाई भेट्यौ र यो केसको बारेमा बतायौँ ‌। सुनिल जि को प्रश्न पनि जिवन जि को जस्तै थियो ‌। Normal Procedure नै हो नि ? उहाँलाई पनि Video पठायौ ‌। उहाँले आफ्नो Personal Doctor लाई यसबारे सोध्नु भएछ । डाक्टरले Normal नै हो , स्वास्थ्यलाई केहि हानी गर्दैन भनेपछि उहाँले पनि "I am ready" भन्नुभयो ।

हामीलार्इ अझ चिन्ता थियो Ready भनेता पनि bp low/high भइदियो भने के गर्ने ? त्यसैले हामीले अझै Donor खोज्न लाग्यौ ।डाटा हेरेर कल गर्ने क्रममा अशोक बुडाल जि सँग पनि कुरा गर्यौ । उहाँले मलाई केहि असर पर्दैन भने I am ready भनेर सहजै सुइकार्नु भयो ।

त्यहि क्रममा हाम्रो बनेपाका कृष्ण सरसँग पनि सम्पर्क भयो ।‌उहाँले आफ्नो डाक्टर साथीसगँ Platlates donation सम्बन्धि बुझेर Ready भएको जानकारी दिनुभयो । त्यहि क्रममा सुभेच्छा घिमिरे जि सँग पनि कुराकानी भयो ‌। उहाँले Blood donate गर्न Ready भएको वताउनु भयो ‌। अझ सुगन्ध मिसियो । अरू Donor सँग पनि कुरा भयो । धेरैलाई कल गर्यौ , केहि Donor पायौ ‌। अलि ढुक्क भएको महसुस गरेका थियौ ।‌

सुनिल र असोक जि अलि अस्पताल नजिकै हुनुहुन्थ्यो उहाँहरुलाई पठायौ ‌।‌ अरू Donor लाई Emergency condition का लागि Standby राख्यौ । Cross Match बारे Dr. Hima Rijal जि लाई सोध्यो । उहाँले "Yes both of them are fit for SDP.thankyou" भनेर म्यासेज पठाउनु भयो ।
मनमस्तिष्कमा एक प्रकारको हर्ष महसुस भयो ।

अब चाहिँ जुनु जिको अलि सहजै Delivery हुनेछ भन्ने कुरामा‌ विस्वस्त थियौ । सुनिल जि ले Platlates Donate गर्नु भयो । Ashok जिले Donate गर्ने क्रममा समस्या देखिएर Blood Donate गर्नुभयो।
Teaching कै एक जना डाक्टरले Platlates donate गर्नुभएछ । उहाँहरू धेरै नै सहयोगी हुनुहुदो रहेछ । उहाँहरूले जिवन रक्षाका लागि अतुलनिय भुमिका निर्वाह गर्नु भयो ‌।

पछि जुनु जि को Delivery पनि भयो ‌। बच्चाको स्वास्थ्य अवस्था Normal नै भएतापनि आमाको अवस्था अलि चिन्ताजनक नै रहेछ । उहाँको श्रीमानलाई Blood चाहिएमा सम्पर्क गर्नुहोला भनेर भन्यौ ‌ र हामी अरू केस तिर बिजी भयौ ।
केहि समयपछि उहाँहरुको के भएछ भनेर जानकारी लिन खोज्यौ ।‌तर उहाँहरुको कहिले फोन लागेन त कहिले फोन उठेन । धेरै पछि अस्ति जुनु जीको श्रीमानसँग कुरा भयो । एक हप्ता अगाडि स्वास्थ्य सुधार भएर घर लगीएछ । अहिले बच्चाको अवस्था राम्रो छ रे , आमाको चाहिँ पहिलाको भन्दा राम्रो छ रे ।
जो होस् Blood/ Platlates कै कारणले उहाँहरू लाई तलमाथि केहि भएन ।
सायद ग्रामीण भेगबाट आउनु भएको हुँदा पुर्व तयारी गर्दा पनि सहज हुने थिएन न होला ।‌ सम्बन्ध जुनु जि को केसको मात्र छैन । समग्र गर्भावस्थाको तितो यथार्थ चित्रण भएको पायौ । अब यस्तै केस हाम्रो शहर बजार वा अस्पताल भएको स्थानमा घट्यो र रगत कै कारण गर्भवती र बच्चाको ज्यान तल माथि को जिम्मेवार हुन्छ ? सबै तयारी गर्न सकिन्छ भने रगतको किन गर्न सकिदैन ? आफ्नो घरमा वा घर वरपर कोहि गर्भवती महिला हुनुहुन्छ रगतको पुर्व तयारी गर्न अनुरोध गरौ । रगत चाहिनु भन्दा पहिला नै व्यवस्था गरौ । आफु पनि बचौ अरूलाई पनि बचाअौं ।

माथि उल्लेखित नामहरूमा नमन प्रकट गर्दछौ ‌। साथै प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने मनहरू‌मा धेरै धेरै धन्यवाद दिन चाहन्छौं ।
धन्यवाद ।
Blood For Nepal परिवार ।

© 2024 Blood For Nepal. All rights reserved